Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

३३.१५ अंकले बढ्यो नेप्से

  •   २ महिना अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ ।

यस दिन नेप्से ३३.१५ अंक(१.५९ प्रतिशत)ले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ। बजारमा यस दिन ३११ स्टकको ७४ हजार ८७७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज मंगलबार पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स बरुण हाइड्रोपावर लगायत पाँच स्टकको सेयर १० प्रतिशतले बढेको छ ।  यस दिन सर्वाधिक ५.८१ प्रतिशतले सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त  कम्पनीको यस दिन ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेका छ । आज सर्वाधिक २.५८ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ । 

  • न्युज बहार संवाददाता

थप