Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

करिब साढे २ महिनापछि २६०० विन्दुमुनि पुगेर बन्द भयो नेप्से

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

चैत १२, काठमाडौँ ।  मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से यस दिन नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुमुनि झरेको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बजारमा यस दिन ३२५ स्टकको ६२ हजार २१ पटकको कारोबारमा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन ९.५ प्रतिशते एनसीसी डिबेञ्चर २०८६ को बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७३ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष सनमा रहेको छ। उक्त कम्पनीको यस दिन २३ करोड २० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये सर्वाधिक ३.५० प्रतिशत वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप