Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पनि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । आज सोमबार नेप्से परिसूचक १२.५८ अंक (०.६५ प्रतिशत)ले घटेर १९०८.६६ बिन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन २८७ वटा धितोपत्रको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेचबाट १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको कारोबार भएको छ ।

आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.८८ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्नेमा बाराही हाइड्रोपावर रहेको छ।

यस दिन नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक ०.०६ र ०.४९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यसदिन सर्वाधिक १ प्रतिशतले जीवन बीमा समूहको परिसूचक घटेको हो।

  • न्युज बहार संवाददाता

थप