भदौ ३१, काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्नो जहाज मर्मतका लागि इजरायल लाने भएको छ । आज अइतबार निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि इजरायल लैजान लागिएको हो ।
दशैं तिहार जस्ता यात्रुचाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त जाहाज मर्मतका लागि डेन्डर पाएको निगमले जनाएको छ ।
कम्पनीले १८ सेप्टेम्बरमा मर्मत गर्नुपर्ने इन्जिन फेरबदल गर्नको लागि स्लट उपलब्ध गराइसकेको छ । यसै अनुसार विमानले आज राति २३:३० बजे इजरायल उडान गर्ने जनाइएको छ।
- न्युज बहार संवाददाता