कार्तिक १९, कास्की । कास्कीका च्याउ किसान उत्पादित
च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि मर्कामा परेका छन् ।
कास्कीमा
व्यावसायिक च्याउखेती गर्ने किसानहरु यतिबेला च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा
आएको भारी गिरावटका कारण मर्कामा परेका हुन् ।
च्याउको मूल्य यतिबेला घटेर प्रतिकिलो रु ६० पुगेको छ। यही च्याउको मूल्य डेढ महिनाअघि प्रतिकिलो रु दुई सय रहेको थियो। कन्य च्याउ पोखरा बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ हो । च्याउको उत्पादन चिसो मौसममा पनि बढी हुने गर्छ । यसरी पोखरा बजारमा किसानले उतपादन गरेको कन्य च्याउ दैनिक चार हजार किलो बिक्री हुने गर्छ ।
किसानको उत्पादन
गरेको च्याउ र सिमीको मूल्य यतिबेला अत्यधिक मात्रामा घटेपछि किसानको लागत
मूल्यसमेत उठ्न नसकेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताएका
छन ।
पोखरामा अहिले च्याउको
मूल्य चार वर्षयताकै न्यून भएको हो। च्याउ उत्पादक किसानको सङ्ख्या पनि बढ्दै जानु, च्याउ उत्पादन गर्ने अनुकूल मौसम र दसैँ पर्व
पछाडि अर्थात् च्याउ उत्पादन बढी हुने समयमा उपभोक्ताले मासु खाइदिँदा च्याउको माग
घटेसँगै मूल्यमा पनि गिरावट आएको अनुमान गरिएको छ ।
महानगरले महानगरपालिकामा
सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ
किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने आइसकेको छैन । महानगरले पोखरामा
च्याउको समर्थन मूल्य रु एक सय ३० तोकिदिएको छ ।
- न्युज बहार संवाददाता