Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । सोमबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । बिहानैदेखि मौसममा आएको खराबीका कारण भिजिबिलिटी कम हुँदा समस्या भएको विमानस्थलका प्रमुख जगनाथ निरौलाले जनाएका छन । 

विमानस्थलका प्रमुख जगनाथ निरौलाका अनुसार बिहानको भिजिबिलिटी १ हजार ६०० भन्दा कम रहेकोले थियो सोही कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् । एयरलाइन्सका आफ्ना–आफ्ना नीति हुने गर्छन सोही अनुसार आवश्‍यक भिजिबिलिटी नपुगेपछि उडान र अवतरणमा समस्या भएको हो ।

काठमाडौँ अवतरणका लागि आएको जजिरा एयर र एयर इन्डियाको जहाज भारतको बनारस पुगेका छन भने कति विमानहरू भैरहवामा डाइभर्ट गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप