Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

  •   ३ वर्ष अघि | १५ भदौ २०८०, शुक्रबार

भदौ १५, काठमाडौँ । आज शुक्रबार, सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ।

इन्स्योरेन्सको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्छ बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो।

सर्वसाधारणका लागि इन्स्योरेन्सले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।

इन्स्योरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको छ।

यस प्रक्रियाबाट अनुसार कुल आवेदकमध्ये ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर पाएका छन ।

आईपीओ बाँडफाँटको नतिजा केही समयपछी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेवसाइट त्यसैगरी कम्पनिको वेवसाइटवाट तथा बिक्री प्रबन्धकको वेवसाइटबाट हेर्न सकिने छ ।

  • न्युज बहार संवाददाता

थप