भदौ ३१, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।
साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको आइतबार नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ । गत वर्षको तुलनामा यो २५.८ प्रतिशतको वृद्धि हो।
अघिल्लो आर्थिक वर्षको साउन मसान्तको अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बृद्धी भएको थियो ।
- न्युज बहार संवाददाता