Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक बेसार खेतीबाट राम्रो आम्दानी लिँदै इलामका किसान

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, इलाम । इलाम जिल्लाको रोङ गाउँपालिका–४ कोल्बुङस्थित चार सय ५६ घरपरिवार आबद्ध भएको इको चिया उत्पादक सहकारी संस्थाका एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु थालेका छन् ।

गत वर्ष सहकारीमार्फत गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न तालिमसँगै अनुदान पनि उपलब्ध गराएपछि यहाँका किसान चियाका साथै बेसारखेतीमा पनि अकर्षित भएका हुन् ।

अन्य खेती गर्दा बाँदरले दुःख दिएर खेती नै गर्न मन नलाग्ने भइरहेको समयमा  सहकारीले बेसारको बीउ अनुदान दिएपछि कृषकले बारीभरि बेसार लगाएका छन ।

याहाँका एक किसानले एक रोपनी जमिनमा ४० केजी बेसार रोपेकोमा ४०० केजी बेसर फलेको जनाएका छन । यसरी उत्पादन हुँदा उहाँ खुसी देखिइका छन । बेसार खेति गर्दा बाँदरले दुःख नदिने र सहकारीले बारीबाट नै लैजाने भएकोले बजार नाइएला कि भन्ने तनाब पनि नरहेको कृषकहरु बताउँछन ।

याहाँ उत्पादन भएको बेसार प्रतिकेजी तिस रुपैयाँ दरले बिक्री हुने गरेको छ । पहिले–पहिले आफुलाई वर्ष भरी कानको लागि मात्र रोपिने बेसारको अहिले व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको स्थानियहरु बताउँछन ।

  • न्युज बहार संवाददाता

थप