मंसिर २७, काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ घटेको
छ।
आइतबारदेखि
नै निरन्तर घट्न थालेको घट्न थालेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। आज
सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ
आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता