Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मह उत्पादनमा आयो कमी

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

वैशाख ७, चितवन । गत वर्ष(विसं २०८०) को तुलनामा यस (विसं २०८१) मा मह उत्पादनमा कमी आएको छ । गत वर्ष भन्दा यस वर्ष एक हजार ७० टनले मह उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएको थियो भने गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।

नेपाल मौरीपालक महासङ्घका अनुसार मह उत्पादनमा कमी आउनुको मुख्य कारण अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगी रहेको छ ।

लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको महासङ्घले जनाएको छ मौरीपालक किसानको सङ्ख्या बढे पनि अघिल्लो वर्षका तुलनामा मह उत्पादनमा भने कमी आएको हो ।

  • न्युज बहार संवाददाता

थप