वैशाख २४, काठमाडौँ । पछिल्लो समय बजारमा पाइने काउलीमा अत्यधिक विषादीको मात्रा भेटिएको छ ।
तरकारीमा
विषादी जाँच गर्ने क्रममा काउलीमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल
तथा तरकारी विकास समितिको तथ्यांकले देखाएको छ ।
काउलीको नमुना परीक्षण गर्दा मकवानपुरका एक किसानको बारीबाट ल्याएको काउलीमा विषादीको मात्रा (रोकावट प्रतिशत) ५१.५३ प्रतिशत भेटिएको बुधबारको तथ्यांकले जनाएको छ ।
रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।
- न्युज बहार संवाददाता