चैत २, काठमाडौँ । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको जनाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको नेपाल आयल निगमले बताएको छ ।
निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको हो । नयाँ मुल्य अनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ पर्ने छ ।
- न्युज बहार संवाददाता