असोज २०, काठमाडौँ । सोमबार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार वृद्धि भएर २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ। महासंघका अनुसार यो दर अहिलेसम्मकै सबैभन्दा उच्च हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
आइतबार प्रति तोला २ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३० रुपैयाँले
बढेर २ हजार ९६० रुपैयाँमा पुगेको छ।
- न्युज बहार संवाददाता