साउन
१, काठमाडौँ। सार्वजनिक यातायातको भाडा घटेको छ। पेट्रोलियम पदार्थमा स्वचालित
मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि तिन प्रतिशतले घटेको हो।
स्वचालित
प्रणालीले पेट्रोल र डिजेलको मूल्य घटाएपछी यता यातायात व्यवस्था विभागले पनि सार्वजनिक
सवारी भाडामा समायोजन गरेको छ।
स्वचालित प्रणालीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेल प्रतिलिटर ४ रुपैँयाले घटेको छ।
महानिर्देशक नारायणप्रसाद भट्टराइले त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले मालवाहक पहाडमा २.७८, यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत र तराइमा ३.०९ प्रतिशतले भाडा घटाएको बताएका छन।
- न्युज बहार संवाददाता