Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र नजिक नहुँदा सस्तोमा धान बिक्रि गर्न बाध्य छन किसान

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका लागि तयार पारेर राखेकी छिन् । व्यापारीले गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि काटा खोलेका छन् । तर चौधरीले धानको उचित मूल्य भने पाएकी छैनन् । 

किसान चौधरीले व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि उचित मूल्य नपाएर धान घरमै थन्क्याएर राखेकी हुन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई उनले अहिलेसम्म धान बिक्री गरेकी छैनन् । उनले खाद्य व्यवस्थाले उचित मुल्य दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको बताइन् ।

उनले भनिन्, “खाद्यको खरिद केन्द्र नजिकमा छैन, धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ, खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ ।”

अहिले रु दुई हजार सात सय क्विन्टलका दरले गाउँका स्थानीय व्यापारीले धान खरिद गरिरहेका छन् । उनले डेढ बिघा जमिनमा धानखेती गरेकी थिइन। उनको धान उत्पादन यस वर्ष वृद्धि भएको छ ।

लालझाडी गाउँपालिकाका किसान भगत चौधरीको पनि समस्या यस्तै छ । उनी पायक क्षेत्रमा सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँछन । उनले भने, “धान बिक्रीका लागि हामीलाई महेन्द्रनगर लैजान निकै टाढा पर्छ, ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ, घरमै गाडी ल्याएर यहाँका व्यापारीले धान लैजाने गरेका छन।”

  • न्युज बहार संवाददाता

थप