असोज १६, दोलखा । दोलखा ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।
सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ग्याङ रू, लालबहादुर तामाङ र सनत प्रधान रहेका छन।
उनीहरूमाथि थप अनुसन्धानका लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी गरेको छ।
प्रहरीले यसअघि यही घटनामा ७ जनालाई पक्राउ गरिसकेको छ ।
- न्युज बहार संवाददाता