भदौ १०, काठमाडौँ । रसुवामा आएको भीषण
बाढीपछि उद्धार, राहत तथा खोजीकार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन शाहले सबै
हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि
आवश्यक पर्न सक्ने भन्दै निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर
स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत निजी हेलिकप्टर कम्पनीहरूलाई पनि उद्धार कार्यका
लागि हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको उल्लेख गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा
खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी
परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा आवश्यक
जनशक्ति अभाव हुन नदिन अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति पठाइएको
उनले बताएका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामलाई प्राथमिकतामा
राखिएको र आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।
- न्युज बहार संवाददाता