Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

बाँझो जमिनको सिरुघारी फाँडेर व्यवसायिक अकबरे खुर्सानीको खेती

  •   २ हप्ता अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, गोरखा । लामो समयदेखि गोरखा नगरपालिका१३ देउरालीस्थित बैटारीमा बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गरिएको छ । त्यस बाँझो जमिनको सिरुघारी फाँडेर स्थानीय कृषक जीतबहादुर भट्टले गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् ।

यसका लागि कालिका कृषक समूह फार्म दर्ता गरि उनले अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएका छन । उनले भने ‘आफैँ नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामारहेको  छ।

उनको अनुमान अनुसार अकबरे खुर्सानी खेतीबाट वार्षिक रु ३७ लाखभन्दा बढी आम्दानी हुने बताए । उनले यस खुर्सानी खेतीमा करिब रु चार लाख सुरुवाती लगानी गरेका छन । उनका अनुसार बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ भने उत्पादन सुरु भएपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ। उनले फार्ममा चार जनालाई रोजगारीसमेत दिएका छन् ।

उनि उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको बताउँछन । उनले भने, “प्रतिकिलो बजारमा न्यूनतम रु दुई सय ५० मा सजिलै बिक्री हुन्छ, रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ।

किसान भट्टका अनुसार आफूले उत्पादन गरेको खुर्सानी चितवनस्थित अचार उद्योगहरूमा धेरै बिक्री हुने गरेको छ। त्यसबाहेक जिल्लाभित्रका गोरखा सदरमुकाम, तनहुँको खैरेनीटार, काठमाडौँको कालिमाटी, पोखरा लगायतका क्षेत्रमा पनि बिक्री हुने गर्दछ ।

कृषि ज्ञान केन्द्र गोरखाबाट प्राविधिक ल्याएर उनले माटो परीक्षण गरी उक्त ठाउँमा  अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गरेका हुन्।

  • न्युज बहार संवाददाता

थप