Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विश्वभरका आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा, भीडभाड र चहल पहलको बेग्लै रौनकता

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । यतिखेर विश्वभरका आरोही सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । सगरमाथा आधार शिविरमा आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता थपको छ।

सगरमाथा आधार शिविरमा रहेका पर्वतारोहीहरुका अनुसार अहिले सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ । त्याहाँ विश्वभरिका मानिस जम्मा भएका छन् र उक्त आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो देखिएको छ। त्याहाँ उल्लासमय वातावरण छ।

केही दिनअघि चर्चित पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा आधार शिविरलाई रङ्गीचङ्गी पालले सजाइरहेका चिटिक्कका पाल (टेन्ट)हरू देख्न सकिन्छ। शिविरको उक्त दृश्य हेर्दा लाग्छ सगरमाथा आधार शिविर यतिखेर विश्वको कुनै एउटा सुन्दर गाउँको रूपमा परिणत भएको छ।

३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१ औं आरोहणका लागि सगरमाथा पुगेका हुन्। उनका अनुसार अहिले आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ। समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ। त्याहाँ पाँच सय भन्दा बढी पाल टाँगिएका छन्। 

  • न्युज बहार संवाददाता

थप