Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चितवनको चुकन्दर र गाजर जर्मन निर्यात प्रक्रिया सुरु

  •   २ वर्ष अघि | ४ फाल्गुन २०८१, आइतवार

फागुन ४, चितवन । चितवन जिल्ला भरतपुर महानगरपालिका-१५ श्रीपुरका कृषकहरूद्वारा उत्पादित गाजर र चुकन्दर अब जर्मन निर्यात गर्न हुन थालेको छ । १०० टन चुकन्दर का साथै १५० टन गाजर जर्मन पठाउने प्रक्रिया सुरु गरिएको हो ।

स्थानीय उत्पादकलाई प्रोत्साहन गर्दै ‘द अग्र्यानिक भ्याली’ संस्थाले दुई वर्षदेखि गाजर र चुकन्दरको निर्यात प्रक्रिया अघि बढाएको जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जनाएका छन । उनले अनुसार यहाँको २० बिघा अग्र्यानिक क्षेत्रको उत्पादनले विदेशी उपभोक्ताको विश्वास जितेको छ भने निर्यात सुरु गर्न मद्दत पुगेको छ ।

निर्यातका लागि गाजर प्रति किलो रु. २० र चुकन्दर प्रति किलो रु. ५० मा मूल्य निर्धारण गरिएको छ । १५ जना कृषकका उत्पादन जर्मन निर्यातमा जान लागेको सङ्घका सदस्य छविलाल न्यौपानेले जनाएका छन ।

 

  • न्युज बहार संवाददाता

थप