Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भगवती हाइड्रोपावर आईपीओ बाँडफाँट, ७१ हजार २२२ आवेदकले पाए १० कित्ता सेयर

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

भदौ १८, काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो ।

यस कम्पनिको शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ थियो भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । 

आईपीओ बाँडफाँटको नतिजा केही समयमा सिडिएससीको वेवसाइट, बिक्री प्रबन्धक र भगवती हाइड्रोपावरको वेवसाइटबाट हेर्न सकिने छ ।

  • न्युज बहार संवाददाता

थप