Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बरुण हाइड्रोपावरको १:१ हकप्रद शेयर धितोपत्र बोर्डद्वारा स्वीकृत

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

जेठ ६, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनि लिमिटेडलाई १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको छ। कम्पनीले कुल ५३ लाख ५८ हजार १ सय ५१ कित्ता हकप्रद शेयर रु. १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्ने अनुमति पाएको हो ।

बोर्डले कम्पनीले पेश गरेको हकप्रद निष्काशन सम्बन्धी प्रस्तावलाई स्वीकृति दिँदै शेयर निष्काशनको व्यवस्था तथा विवरण प्रकाशन गर्न सक्ने व्यवस्था मिलाएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले चाँडै नै आवेदन खुल्ला गर्ने र यससम्बन्धी सूचना सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

यसअघि कम्पनीले साधारण शेयर सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्दै आएको छ। हकप्रद निष्काशनबाट संकलन हुने पूँजी कम्पनीका चालु आयोजना तथा भविष्यका परियोजनामा प्रयोग गरिने बताइएको छ।

धितोपत्र बोर्डका अनुसार हकप्रद निष्काशनका लागि कम्पनीले सबै कानुनी प्रक्रिया पुरा गरेको छ। अब कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको संयोजनमा निष्काशन मिति, आवेदन प्रक्रिया र अन्य विवरण सार्वजनिक गर्नेछ।

  • न्युज बहार संवाददाता

थप