साउन ९, काठमाडौँ । भोलि
साउन १० गते बिहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकाले गरेको छ । आज बुधबार सरकारले विमान दुर्घटनामा मृत्यु
भएकाहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
आज बुधबार
बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा
राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
यो
दुर्घटनाको छानबिनका लागि सरकारले पाँच
सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न
निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका
छन ।
काठमाडौँबाट
पोखराका लागि बुधबार बिहान उडेको सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरमै
दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ । विमानका पाइलट भने गम्भीर घाइते भएका छन् ।
- न्युज बहार संवाददाता