Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चाडपर्व नजिकदैगर्दा घट्यो चामल, चिउरा लगायत खाधान्नको मुल्य

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । खाद्यान्न उत्पादकहरूले दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि केही खाद्यान्नको मूल्य घटाएका छन् । होलसेल व्यापारीहरुले प्रमुख खाद्यान्नहरू जस्तै खानेतेल, चामल, आँटा, मैदा, चिउराको पछिल्लो दुई साताको अवधिमा मूल्य घटेको दावी गरेका छन् ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने जनाएको छ ।

संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको बताएका छन । उनले भने ‘आँटा पीठो, तेल, चामल लगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ तर खाद्यान्नको मुल्य घट्दा पनि यस वर्ष खासै ठूलो कारोबार भने भएको पनि छैन।’

  • न्युज बहार संवाददाता

थप