Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

वार्षिक डेढ करोडको केरा बिक्री

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

चैत २०, चितवन । यति बेला चितवनको कालिका नगरपालिका, पदमपुरका ५३ वर्षीय नवराज तिमल्सेना र उनको समूहलाई भ्याइनभ्याई भइरहेको छ । उनीहरू अहिले केरा खेतीबाट केरा निकाल्नमा व्यस्त छन् रहेका छन । उक्त केरा खेती ७५ बिघा जमिनमा फैलिएको छ । अहिले हालै थप गरिएको ८० बिघा जमिनमा बिरूवा रोप्न पनि भ्याइनभ्याई भइरहेको छ ।

दाङमा ठूलो क्षेत्रफलमा दुई वर्षदेखि नवराजसहित चितवनकै नीरबहादुर तामाङ, कृष्णप्रसाद दाहाल र राजाबाबु मिलेर व्यावसायिक केरा खेती गरिरहेका छन । विगतदेखि नै यी चारै जनाले चितवनमा केरा खेती गरिरहेका थिए ।

उनीहरू आलोपालो गरेर केरा खेतीको हेरचाह गर्छन ।

केरा खेतीका लागि उनिहरुले स्कुलको जग्गा प्रतिकट्ठा मासिक ६२३ रुपैयाँका दरले टेन्डरमा पारेका थिए भने त्यसबाहेक व्यक्तिका जग्गा प्रतिकट्ठा मासिक एक हजारदेखि १५ सय रुपैयाँसम्ममा भाडामा लिएका छन् ।

बजार राम्रो पाउने भएकाले ९० प्रतिशत जति मालभोगजातको केरा लगाइएको तिमल्सेनाले जनाएका छन । मालभोगबाहेक याहाँ जिनाइनजातको केरा पनि लगाइएको छ ।

उनका अनुसार मालभोग केराको बिरुवाले १२ देखि १४ महिनामा उत्पादन दिन्छ भने पहिलोपटक केरा रोपेको १४ महिनामा सबै उत्पादन बजार पुर्‍याएको थियो । 

तिमल्सेना लगायत समुहले गत वर्ष झन्डै डेढ करोड रुपैयाँको केरा बेच्न सफल भएका थिए । यस वर्ष दुई करोड रुपैयाँको बिक्री हुने अनुमान गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप