Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फापर र कोदो खेती गर्ने किसानलाई अनुदान दिने घोषणा

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, मकवानपुर । कोदो र फापर खेती गर्ने किसानलाई मकवानपुरको भीमफेदी गाँउपालिकाले अनुदान प्रदान गर्ने घोषणा गरेको छ । अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन्।

वडा नम्बर– ३ मा  गाउँपालिकाले कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण समेत गरेको छ। शुक्रबार नगद अनुदान  वितरण  गर्दै पालिका अध्यक्ष हिदम लामाले सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरेका छन ।

दुई सय ६६ किसानले भीमफेदीको एक हजार ६० रोपनी जग्गामा कोदो खेती गरेको र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ।

पालिकाले   चालु आर्थिक वर्षमा कोदो उत्पादन बढाउन २० लाख अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताएका छन ।

पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि  गाँउपालिकाले निर्धारण गरेको छ।

चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार  निर्धारण गरिएको  छ।

  • न्युज बहार संवाददाता

थप