मंसिर २१,काठमाडौँ । अखिल नेपाल किसान
महासंघले दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन माग गरेको छ । आज बिहीबार महासंघले विज्ञप्ति
जारी गर्दै दुग्ध उत्पादक किसानले भुक्तानी नपाउने अवस्था बन्नु दुःखद भएको जनाएको
समेत जनाएको छ ।
महासंघले देशभरका
किसानहरुले झण्डै ६ महिनादेखि दुग्ध बिक्री गरेको ६ अर्ब रुपैयाँ रकम नपाएको
विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका
अनुसार दूधको भुक्तानी नपाउँदा झण्डै ३० लाख किसान परिवार आश्रित रहेको दुग्ध
उत्पादन व्यवसाय निरुत्साहित हुने छ ।
- न्युज बहार संवाददाता