मंसिर ६,
काठमाडौँ । सरकारी तथ्यांक अनुसार नेपालमा करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल खेतीयोग्य
बाँझो छ । नेपालमा कुल खेतीयोग्य जमिन ४१ लाख २१ हजार हेक्टर रहेको छ तर त्यी
मध्ये ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गर्ने गरिएको छ । खेतीयोग्यभूमिमध्यकै
१० लाख ३० हेक्टर जमिन अझै पनि बाँझो नै रहने गरेको छ ।
यती धेरै
खेतीयोग्य जमिन बाँझो रहनुको प्रमुख कारण हो कृषी क्षेत्रमा लगानीअनुसार फाइदा
नहुनु । कृषी पेसामा फाइदा नदेखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था दिन प्रतिदिन
बढ्दै गएको छ । वरिष्ठ कृषि अर्थ विज्ञ डा। महादेव प्रसाद पौडेलका अनुसार न्यून
उत्पादकत्व, कृषि
उत्पादन सामग्रीको कमी, कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, कम नाफामुखी व्यवसाय लगायतका कारण
खेतीयोग्य जमिन बाँझो रहेको हो ।
त्यस्तै
अर्को तर्फ देशभर व्यवसायिक भन्दा निर्वाहमुखी खेती भइरेको छ । भारतको उत्पादनसँग देशको
स्वदेशी उत्पादनले प्रतिस्पार्ध गर्न नसकेर बजार पाउन समस्या भइरहेको छ । यसले
गर्दा कृषी पेसामा लगेका किसानहरु निउत्साहित भएका छन । अर्थ विज्ञ पौडेलका अनुसार
भारतबाट आउने उपजसँग स्वदेशी कृषि उपज
प्रतिस्प्रर्धा गर्न सक्दैन र कतिपय स्थानमा जंगली जनवारले खेतीपाती
बारम्बार नष्ट गर्दा खेती गर्नै छोडिएको छ।
तराई
क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो रहेको छ । यसको प्रमुख कारण पहाडी
क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । त्यस्तै, प्राय सबै जना रोजगारी तथा अन्य
कार्यको सिलसिलामा गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि
गाउँघरका जमिन बाँझो हुने अवस्थामा आएको छ ।
- न्युज बहार संवाददाता