मंसिर
११, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
निरन्तर बढेको सुनको मूल्य आज
हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।
आज सुनको मुल्य पछिल्लो
रेकर्डभन्दा चार सय रूपैयाँ बढी भएको छ।
आज छापावाल सुन प्रतितोला एक
लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५०
रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य पनि बढेको
छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका
अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य चाँदीको हालसम्मकै उच्च हो।
- न्युज बहार संवाददाता