पुस ८, काठमाडौँ । उखु कृषकलाई कृषि तथा
पशुपन्छी विकास मन्त्रालयले अनुदानवापत ८० करोड रुपैयाँ भुक्तानी गरेको छ ।
कृषकलाई गत
आर्थिक वर्ष २०७९/८० मा भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये सो रकम भुक्तानी
गरिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले बाँकी ५२ करोड
रुपैयाँ भुक्तानीका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएकाले किसानको उपलब्ध
विवरणका आधारमा खातामै रकम भुक्तानी हुने जानकारी दिएका छन ।
उखु कृषकको
संरक्षण र कृषि व्यवसाय प्रवर्द्धन गर्न हरेक वर्ष सरकारले उखुको न्यूनतम खरिद
मूल्य तोक्दै आएको छ । चालु आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य
प्रतिक्विन्टल पाँच सय ६५ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्विन्टल अनुदान रकम
७० रुपैयाँ निर्धारण गरिएको छ ।
- न्युज बहार संवाददाता