Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कुलेश्वरबाट बरामद गरिएको ७० हजार किलो चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

असोज २३, काठमाडौँ । असोज ३ गते काठमाडौँको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा बरामद गरिएको ७० हजार किलो चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको छ ।

१४ सय बोरा चिनी लेबल उल्लेख नभएको अवस्थामा काठमाडौँ जिल्ला प्रशासन र वाणिज्य विभागको संयुक्त अनुगमनमा फेला परेको थियो ।

उक्त चिनी व्यवसायी सन्तोष अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको थियो । वाणिज्य विभागले उक्त चिनिको गुणस्तर परीक्षणपछि लेबल उल्लेख नभएको कसुरमा व्यवसायीलाई ३ लाख जरिवाना समेत गरेको थियो।

वाणिज्य विभागले चिनीको अवैध भण्डारण गर्ने फर्मलाई कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको थियो ।

अहिले साल्ट ट्रेडिङले व्यवसायीबाट खरिद गरेर मन्त्रालयको निर्देशनपछि चिनी बिक्री सुरु गरेको जनाएको हो ।

  • न्युज बहार संवाददाता

थप