साउन ११, काठमाडौँ । आज राजस्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ ।
राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको जानकारी दिएका हुन।
उक्त घरबाट राजस्वको टोलीले केही कागजात र केही सामान बरामद गरेको जनाइएको छ ।
- न्युज बहार संवाददाता