जेठ ९, तनहुँ । तनहुँ जिल्ला लगायत अन्य क्षेत्रमा केही दिनदेखि लगातार आएको हावाहुरीसहितको वर्षाले कृषको कागती खेतीमा नोक्सानी पुर्याएको छ।
तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा हावाहुरी सहितको वर्षाले नोक्सान पुर्याएको हो । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले ठुलो नोक्सानी गरेको हो ।
उनले छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट कागती लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको जानकारी दिएका छन । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको थियो । “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” किसान रेग्मीले भने, कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो समेत गरेका छन।
कृषक रेग्मीले भने, 'कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ।'
- न्युज बहार संवाददाता