Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कृषकलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम

  •   २ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका४ का सुन्तला खेती गर्ने किसानहरुलाई  सुन्तलाको उत्पादन बृद्धी गर्ने सम्बन्धी सिपमुलक तालिम दिइएको छ । ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम गाउँपालिकाको कृषि विकास शाखाले दिइएको हो ।

कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालका अनुसार पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको हो । तालिमको लागि सहजीकरणमा बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटा र कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्कीले सहयोग गरेका थिए।

बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप