मंसिर
१, चितवन । तस्करहरुले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारेका छन ।छन्।
निकुञ्जको पूर्वी
सेक्टरअन्तर्गत पर्ने सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा जमिनमा खनिएको खाल्डोमा पारेर
गैँडा मारिएको हो ।
अन्दाजी छ वर्ष र १८ वर्षका
पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले
जानकारी दिएका छन।
उनले भने, ‘खागविहीन अवस्थामा दुवै गैँडा मृत
भेटिएका छन्, छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ भने अर्को ठूलो गैँडाको खाग
नै छैन।’
- न्युज बहार संवाददाता