असार १५, काठमाडौँ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस(महोत्सव)। नेपालमा प्रत्येक वर्ष असार १५ गतरका दिन धान महोत्सव (दान दिवस) मनाइने गरिन्छ। हरेक वर्ष धान खेती सँग सम्बन्धीत नाराका साथ धान दिवस मनाइने गरिन्छ।
यसपालीको धान दिवसको मुल नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने हो। यही मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुन गइरहेको छ।
आजका दिन नेपालका विभिन्न ठाउँमा असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।
नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको निर्णय पछी विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
- न्युज बहार संवाददाता