Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्डाको मुल्य बढ्यो, एउटा अन्डाको २३ रुपैयाँ!

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, काठमाडौँ । आजदेखि लागु हुने गरी नेपाली बजारमा अन्डाको मुल्य बढेको छ ।

चितवनबाट लोड भएर देशभरि जाने अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढेको जानकारी नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले दिएका हुन ।

नयाँ मुल्य अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ भने यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ रहेको थियो ।

यस्तै यसअघि प्रतिक्रेट ५ सय १५ रुपैयाँ रहेको मिडियम अन्डाको भाउ प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताले अब प्रतिगोटा अन्डाको २३ रुपैयाँ र २ गोटा अन्डाको ४५ रुपैयाँ मूल्य तिर्नुपर्ने छ ।

  • न्युज बहार संवाददाता

थप