चैत १, काठमाडौं। डीडीसी- दुग्ध विकास संस्थानले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।
बिहीबारदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताएका छन। बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले जानकारी दिएका छन।
पहिले डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँ थियो भने भोलि बिहीवारबाट डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँ बाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताएका छन।
यस्तै यस अघि सरकारले वृद्धि गरेको दूधको किसान मूल्य पनि चैत १ बुधबारदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए।
- न्युज बहार संवाददाता