Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कैलालीका किसानले स्तानिय तहमा मल नपाएपछी भारतबाट ल्याउन परेको बाध्यता।

  •   ३ वर्ष अघि | ११ साउन २०८०, बिहिबार

साउन ११, कैलाली। यस वर्ष पनि रोपाईको समयमा कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल पाएका छैनन मल समयमा नपाएपछि त्याहाँका किसानहरुले भारतबाट ल्याएर खेती गरेका छन् ।

किसानहरुले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । 

टीकापुर–८ का श्यामलाल चौधरीले भने, “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ, सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ, सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन, बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” उनिहरुलाई भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती गरपनी आफुले लगाएको बाली कस्तो पो हुने हो  भन्ने चिन्ता भने अझै छ । 

त्यस क्षेत्रका किसानहरु सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष खेती गर्ने कि  नगर्ने भन्ने दोधारमा थिए । त्यसमाथी उनिहरुलाई सँधै बाढिको चिन्ताहुन्छ बाढीले आफ्नो जमिन लगाएको खेती बगाउने चिन्ताले खेति गर्ने मन मरेर आउने स्थानीय शेरबहादुर साउँद बताउँछन। उनि भन्छन  “जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला दुई वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ, सात बोरा डिएपी र सात बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।”

टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडाहरु ६, ७, ८ र ९ नम्बर हुन् । यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका थिए । यसरी सञ्चालित सहकारीले यसपाली आवश्यक मल नपाएको जनाएका छन् ।

यता किसानहरुले मल नभएकै कारण झार बढी उम्रेको गुनासो गरेका छन । झार मारेर डिएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् । स्थानीय युवासिंह ठकुरीले भने, “भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तै पनि प्रयोग गर्नु हाम्रो बाध्यता हो ।” 

  • न्युज बहार संवाददाता

थप