Breaking News
मैले एकपटक संसदमा बोल्न पाउनु पर्छ : गृहमन्त्री रवि लामिछाने    ||     जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||    

व्यावसायिक ‘ड्रागन फ्रुट’ को खेतीमा रमाएका थापा

  •   २ हप्ता अघि | १४ बैशाख २०८१, शुक्रबार

बैशाख १४, काठमाडौँ । स्याङजा वालिङ नगरपालिका४ रत्नेथुम्काका शिव थापा दस वर्ष कोरिया बसेर फर्किएर  व्यावसायिक  ‘ड्रागन फ्रुटको खेतीमा लागेका छन्। 

उनका अनुसार उनले दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको विदेशमा सिकेको सीप आफ्नै गाउँ उपयोग गरेका हुन्।

त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरेको छु’, उनले भने, ‘आम्दानीसँग पनि जोडिएको छु।

उनले विदेशवाट स्वदेश फर्कँदा ड्रागन फ्रुटको खेती गर्ने योजना बनाएको बताउँछन । उनले सोही अनुरूप दुई वर्षअघि ड्रागनफ्रुटका तीन सय बिरुवा लगाएका थिए।

त्यसरी बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै अहिले उनले पाँच रोपनीमा एक हजार बिरुवा लगाइएका छन ।

उनका अनुसार नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत राम्रो भएको हो।  उनले गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेकोमा यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य रहेको छ।

सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परेपनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनीले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप