Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक ‘ड्रागन फ्रुट’ को खेतीमा रमाएका थापा

  •   २ वर्ष अघि | १४ बैशाख २०८१, शुक्रबार

बैशाख १४, काठमाडौँ । स्याङजा वालिङ नगरपालिका–४ रत्नेथुम्काका शिव थापा दस वर्ष कोरिया बसेर फर्किएर  व्यावसायिक  ‘ड्रागन फ्रुट’ को खेतीमा लागेका छन्। 

उनका अनुसार उनले दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको र विदेशमा सिकेको सीप आफ्नै गाउँ उपयोग गरेका हुन्।

‘त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरेको छु’, उनले भने, ‘आम्दानीसँग पनि जोडिएको छु।’

उनले विदेशवाट स्वदेश फर्कँदा ड्रागन फ्रुटको खेती गर्ने योजना बनाएको बताउँछन । उनले सोही अनुरूप दुई वर्षअघि ड्रागनफ्रुटका तीन सय बिरुवा लगाएका थिए।

त्यसरी बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै अहिले उनले पाँच रोपनीमा एक हजार बिरुवा लगाइएका छन ।

उनका अनुसार नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत राम्रो भएको हो।  उनले गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेकोमा यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य रहेको छ।

सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परेपनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनीले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप