साउन २, बागलुङ । बागलुङ नगरपालिकाले कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले घरपालुवा कुकुर, सामुदायिक कुकुर र छाडा कुकुरको उचित व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो।
चालु आर्थिक वर्षदेखि नगरपालिकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति ल्याएको छ ।
नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप लगाउने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन र दर्ता गर्ने, छाडा कुकुर नियन्त्रण र बन्ध्याकरण गर्ने, तथा निःशुल्क औषधि उपचार तथा परामर्श दिन सुरुवात गरेको छ ।
- न्युज बहार संवाददाता