पुस १२, कैलाली
। व्यावसायिक तरकारी खेतीबाट कैलालीको
धनगढी उपमहानगरपालिका–६
मटियारीका किसान बिखलु रानाले दैनिक रु दुई हजारसम्म आम्दानी गर्दै आएको बताएका
छन् ।
उनले बिगत
बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन । उनले अहिले करिब नौ कठ्ठा
जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन ।
तरकारी
खेतीबाट उनले सबै खर्च कटाएर वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी
हुने गरेको बताएका छन ।
रानाका
अनुसार तरकारी
बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन, सानोतिनो समस्या
पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएका छन । त्यस्तै उनले आफूले ऋण पनि लिनु नपरेको बताएका
छन । उनको आठ जनाको परिवार छ । परिवारमा सबै खर्च बालबच्चाको पढाइलेखाइ तरकारी
खेतीबाट नै चलेको छ।
उनले आफ्नो
बारिमा मौसमी, बेमौसमी
सबै किसिमका तरकारी लगाउने गरेका छन ।
दैनिक रु
एक हजार पाँच सय देखि बढीमा रु दुई हजारसम्म आम्दानी हुने गरेको छ।
- न्युज बहार संवाददाता