Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खेतमै सुक्दै धानबाली, किसानलाई चिन्ता थपिदैँ

  •   ३ वर्ष अघि | २५ भदौ २०८०, सोमवार

भदौ २५, कञ्चनपुर । कञ्चनपुर जिल्काको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा गरेको धानखेती अहिले खेती पूरै सखाप भएको छ । धानका प्राय सबै बोट सुकेका छन् भने केही बोट रातो-पहेँलो भएर मरेका छन् ।

बोगटीले साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बताउँछन् । उनले भने, ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन, आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।’

दोदा नदीमा साउन तेस्रो साता आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो ।

पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो रहेको बोगटी बताउँछन । किसान धानबाली खेतमै सुकेपछि कृषि गरेर वर्षभरि खानलाई जोहो कसरी गर्ने भन्ने चिन्तित भएका छन् ।

पुनर्वास नगरपालिकाको उद्री, परासन, सिमरी र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।

किसानको भनाइ अनुसार खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको हो । स्तानिय रमेश राना थारूले सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको बताएका छन । क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि कृषि ज्ञानकेन्द्र कञ्चनपुरले काठमाडौँ पठाएको छ । रिपोर्ट केही दिनमा आउने बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप