Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि बीउ रोप्न नार्कको सुझाव

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

भदौं २४, काठमाडौँ । मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि बीउ रोप्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सुझाएको छ । नार्कले आज कृषि बुलेटिन सार्वजनिक गर्दै खुमल रातो–४, खुमल सेतो –३, डेजिरे, कुफ्रिज्योती, खुमल उज्ज्वल, जनकदेव, खुमल विकास, खुमल उपहार, मध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्न सुझाएको हो ।

यससँगै बालीनालीमा रासायनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न नार्कले बताएको छ । नार्कले कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेका बेलामा विषादी नछर्कन समेत सुझाव दिएको छ ।

नार्कका अनुसार विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरू जस्तै– मास्क, पन्जा, चस्मा, बुट, एप्रोनको प्रयोग गर्नुपर्छ र विषादी छर्कँदाछर्कँदै अघि नबढी पछि सर्दै आउने गर्नु पर्नेछ । 

  • न्युज बहार संवाददाता

थप