Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागमती प्रदेशका दुग्ध उत्पादक किसानहरु आन्दोलित

  •   ३ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, मकवानपुर । बागमती प्रदेशका दुग्ध उत्पादक किसानहरुद्वारा प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरिएको र ‘मिल्क होलिडे’ समस्या समाधानमा चासो नदेखाएको बारेमा आन्दोलित भएका छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा आन्दोलित किसानले सोमबार तालाबन्दी समेत गरेका छन् ।

अनुदानबापत यसअघि प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई ३० करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई घटाएर ५ करोड रुपैयाँ छुट्याएको थियो । स्थानीय तहले नै दुग्ध उत्पादक किसानलाई अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलित भएका हुन् ।

दुग्ध उत्पादक किसानका लागि कतिपय स्थानीय तहले अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसान मारमा परेको भन्दै आन्दोलन थालिएको र मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको आरोप लगाउँदै किसानहरु आन्दोलित  हुँदै आएका छन् ।

  • न्युज बहार संवाददाता

थप