Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

व्यापारीले आयातमा रोक लगाएपछी कालिमाटी तरकारी बजारमा प्याजको अभाव ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौं । व्यापारीले प्याज आयातमा रोक लगाएका छन।  भारतद्वारा प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका हुन ।

कालिमाटीलगायतका मुख्य बजारमा आयात रोकिएपछि प्याज अभाव हुन थालेको छ । आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा भदौ ११ गते भारतले ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।

त्यसयता नेपाली तरकारी बजारमा शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भयो भने सोमबारदेखि आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बजारमा भएका सबै पसलमा प्याज सकिएको बताएका छन । श्रेष्ठले भने ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्, तर सबै पसलमा प्याज सकिएको अवस्था छ, प्याज सकिएपछी आज मूल्य तोक्ने कुरै भएन ।’

  • न्युज बहार संवाददाता

थप