Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

माघ महिनामा केही मात्रामा बढ्यो घर जग्गा कारोबार ।

पुसको तुलनामा माघमा घरजग्गा कारोबार बढेको हो .

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, काठमाडौँ । यो वर्षको माघ महिनामा घरजग्गाको कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को पुसको तुलनामा  माघमा घरजग्गा कारोबार बढेको हो।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार पुसको तुलनामा माघमा घरजग्गा कारोबार करिब १४ प्रतिशत बढेको छ।

पुसमा काठमाडौं उपत्यकामा घरजग्गा किनबेचको संख्या एक हजार नौ सय ९ मात्र थियो भने यस्तो किनबेचको संख्या माघमा दुई हजार एक सय ९० छ। यो आर्थिक वर्षको सातै महिनामा घरजग्गा कारोबार अघिल्लो आर्थिक वर्ष भन्दा कम छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा को तुलनामा यो वर्ष कारोबार निकै कम भएको विभागको तथ्यांकले बताएको हो। पोहोर साउनदेखि माघसम्म जम्मा कुल कारोबार संख्या ३२ हजार ८ सय ९० थियो तर यस वर्ष यही अवधिमा पनि जम्मा १३ हजार ३ सय १६ संख्यामा मात्र घरजग्गा कारोबार भएको छ।

थप