Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कच्चा दूध तथा दुग्धजन्य वस्तुको आयात खुलाउन हुदैन : केन्द्रीय दुग्ध सहकारी संघ।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, काठमाडौँ । केन्द्रीय दुग्ध सहकारी संघले कच्चा दूध तथा दुग्धजन्य वस्तुको आयात खुलाउन नहुने बताएको छ । दैनिक १ लाख २० हजार लिटर कच्चा दूध आयातका लागि तथ्यगत अध्यन र विश्लेषण नै नगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेकामा राष्ट्रिय दुग्ध विकास बोर्डले गम्भीर आपत्ति जनाउँदैसंघले हाल दूध आयात गर्नुपर्ने अवस्था नरहेको बताएको छ । 

अहिले दूधबाट बनेको छुर्पीसमेत बाहिरी मुलुकमा निर्यात भइरहेको अवस्थामा राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा बाह्य मुलुकबाट दैनिक १ लाख २० हजार लिटर कच्चा दूध आयातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

  • न्युज बहार संवाददाता

थप