Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अबैध रुपमा रासायनिक मल भित्रिने क्रम बढ्न थाल्यो।

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

जेठ ३०, पाल्पा । गत शनिबार नियन्त्रणमा रासायनिक मल बुटवल पठाएको छ। शनिबार रामपुरको एक सटरवाट नियन्त्रणमा लिइएको अवैध युरिया मल राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल रामपुरको एक सटरमा भण्डारण गरी राखिएको अवस्थामा फेलापरेको थियो ।

रामपुरमा ‘शिल’ गरेर राखेको मल सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको भाडामा लगाएको सटरमा उक्त रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो  ।

‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’  नाम रहेको मल भण्डारण गरेको ठाउँमा बिल तथा सम्बन्धित कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेको हो ।

हालसम्म पनि भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान हुन सकेको छैन । उक्त मल प्रतिबोरा ४५ किलो बराबरको तौलको रहेको छ । गत शनिबारकै बिहान प्रहरीले रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल नियन्त्रणमा लिएको थियो । त्यस मललाई पनि प्रहरीले सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।

  • न्युज बहार संवाददाता

थप